सरकारले आगामी वर्ष सबै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउने

हाल नेपालमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेका छन्। सरकारले ती विमानस्थलहरूको क्षमता अभिवृद्धि गर्दै यात्रु सेवा, सुरक्षा व्यवस्थापन र प्रविधिमैत्री सेवा विस्तार गरिने जनाएको छ।

वैशाख २८, २०८३

सुरज कुँवर

Government to bring all international airports fully operational next year

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशका अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सरकारले हवाई पूर्वाधारको स्तरोन्नति, आधुनिकीकरण तथा भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विकासलाई प्राथमिकतामा राख्दै नयाँ योजना अघि सारेको हो।

हाल नेपालमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेका छन्। सरकारले ती विमानस्थलहरूको क्षमता अभिवृद्धि गर्दै यात्रु सेवा, सुरक्षा व्यवस्थापन र प्रविधिमैत्री सेवा विस्तार गरिने जनाएको छ।

आगामी बजेटमार्फत हवाई क्षेत्रको पूर्वाधार विकास, धावनमार्ग सुधार, आधुनिक उपकरण जडान तथा अन्तर्राष्ट्रिय उडान संख्या वृद्धि गर्ने योजना समावेश गरिएको बताइएको छ।

सरकारले पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा क्षेत्रीय हवाई पहुँच विस्तारका लागि अन्तर्राष्ट्रिय विमानस्थलहरूको प्रभावकारी सञ्चालन आवश्यक रहेको उल्लेख गरेको छ। साथै निजी क्षेत्रसँग सहकार्य गर्दै हवाई सेवालाई सुरक्षित, सुलभ र गुणस्तरीय बनाइने लक्ष्य लिइएको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully