वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बिजकीकरणलाई कडाइका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले बताएका छन् ।
काठमाडौँ — आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन् ।
सरकारले २०८३/८४ को नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ । ‘सबै आर्थिक कारोबारलाई डिजिटल प्लाटफर्ममा आबद्ध गरी, नगद नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।
वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बिजकीकरणलाई कडाइका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले बताएका छन् ।
करदाताहरूलाई सहजता प्रदान गर्न मूल्य अभिवृद्धि कर (भ्याट) लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ । वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्थालाई जोड दिइएको देखिन्छ ।
यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ :
![Government policy to integrate all economic transactions into digital platforms [Full text of policies and programs]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/68889342514328844986405161214115580643508624n-1152026124823-1000x0.jpg&w=1001&h=0)