बोर्ड अध्यक्षको प्रत्याशीमा आफ्ना दाइ (नजिकको नातेदार)ले आवेदन हालेपछि स्वार्थ बाझिएको भन्दै भट्टले सिफारिस समिति संयोजकबाट राजीनामा दिएका हुन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टले राजीनामा दिएका छन् ।
बोर्ड अध्यक्षको प्रत्याशीमा आफ्ना दाइ (नजिकको नातेदार)ले आवेदन हालेपछि स्वार्थ बाझिएको भन्दै भट्टले सिफारिस समिति संयोजकबाट राजीनामा दिएका हुन् । समिति संयोजकबाट भट्टको राजीनामा आएपछि सो स्थानमा राष्ट्रिय योजना आयोगकै अर्का सदस्यलाई नियुक्त गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
धितोपत्र ऐनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्यक्ष छनोट सिफारिस समिति गठन हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार भट्टको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले अध्यक्षका लागि कार्यविधि जारी गर्दै आवेदन आह्वान गरेको छ । जसमा ७८ जनाको आवेदन परेको छ ।
धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ ।
