सेयर बजारमा ४५,०६५ पटकको कारोबारमा ६६ लाखभन्दा बढी कित्ता सेयर किनबेच भई २ अर्ब ९३ करोड रुपैयाँको कारोबार सम्पन्न भएको छ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६.९४ अंकले वृद्धि भएको छ । शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएपछि समग्र नेप्से परिसूचक २ हजार ७ सय १८ दशमलव १६ बिन्दुमा उक्लिएको छ ।
कारोबारमा आएकामध्ये १५५ कम्पनीको मूल्य बढ्यो, १०२ कम्पनीको मूल्य घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ४५ हजार ६५ पटकको कारोबारमा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा ६६ दाख ८४ हजार ७ कित्ता सेयर किनबेच भए ।
बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, लघुवित्त, अन्य र व्यापार उपसमूहको मूल्य बढ्यो भने बाँकी उपसमूहको मूल्य घट्यो ।
स्वावलम्बन लघुवित्तको १२.१९, स्रिजनशिल लघुवित्तको ४.२९, प्योर इनर्जी लिमिटेडको ४.२४, त्रिशुली जल विद्युत् कम्पनीको ३.८५, हिमालयण ८०-२० को ३.३७ प्रतिशतले सेयर मूल्य बढ्यो ।
फर्वार्ड माइक्रोफाइनान्सको १३.२४, अप्पर लाहोर खोला हाइड्रोपावर कम्पनीको ९.१२, आरबीबीएल डिबेञ्चर २०८८ को ५.८३, मेन्छियाम हाइड्रोपावरको ४.४९, शिखर पावर विकास लिमिटेडको ३.८२ प्रतिशतले मूल्य घट्यो ।
