विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।

वैशाख २३, २०८३

सीमा तामाङ

Dirghayu Shrestha appointed as Acting Executive Director of Nepal Electricity Authority

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् । 

वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बमोजिम प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदमुक्त भएका थिए ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully