आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा अर्याल
अर्थ मन्त्रालयले राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सहसचिव रमेश अर्याललाई दिएको छ । उनलाई मंगलबार निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
काठमाडौँ — अर्थ मन्त्रालयले राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सहसचिव रमेश अर्याललाई दिएको छ । उनलाई मंगलबार निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
यसअघिका महानिर्देशक मदन दाहाललाई सुदूरपश्चिममा सरूवा गरेसँगै उक्त पद रिक्त थियो ।