सुन तोलामा ३ हजार ४ सय रुपैयाँले वृद्धि

सुन प्रतितोला २ लाख ९६ हजार १ सयमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि बढेको छ ।

वैशाख १८, २०८३

रासस

Gold price increases by Rs 3,400 per tola

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला ३ हजार ४ सय र चाँदी १३५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार १ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९४५ कायम भएको छ । 

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ८१० मा कारोबार भएको थियो । बुधबार एक तोला सुन २ लाख ९४ हजार ५ सय र चाँदी ४ हजार ९१५ मा किनबेच भएको थियो । 

रासस

Link copied successfully