आज पनि घट्यो नेप्से परिसूचक

आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २ हजार ७३८. ७२ विन्दुमा कायम भएको हो ।

वैशाख १७, २०८३

रासस

NEPSE index also fell today

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५ दशमलव ७३ अंकले घटेर २ हजार ७३८ दशमलव ७२ को विन्दुमा कायम भएको हो ।

आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ ।  

आजको कारोबारमा बैंकिङ ०.०२ र उत्पादन तथा प्रशोधन समूह ० दशमलव ८४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक ०.४८, वित्त ०.२०, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.४० र लगानी समूह ०.४२ प्रतिशतले घटेको छ । 

त्यस्तै, जीवन बिमा ०.२६, लघुवित्त ०.३४, म्युचुअल फण्ड ०.५२, निर्जीवन बिमा शून्य ०.२, व्यापार ०.६३ र अन्य समूह ०.९७ प्रतिशतले घटेको छ ।

रासस

Link copied successfully