सरकारले ग्यासको मूल्य बढायो, पेट्रोलको घटायो

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम निगम सञ्चालक समितिको बैठकले ग्यासमा प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि गरेको हो ।

वैशाख १७, २०८३

कान्तिपुर संवाददाता

Government increases gas prices, reduces petrol prices

काठमाडौँ — सरकारले एलपी ग्यासको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातिदेखि लागु हुने गरी ग्यासमा प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि गरेको हो । 

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४६ ले वृद्धि गरिएको छ । डिजेल/मट्टितेलमा भने लिटरमा १२ र पेट्रोलमा २ रुपैयाँ भाउ घटाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Government increases gas prices, reduces petrol prices

कान्तिपुर

Link copied successfully