आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय कायम भएको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला १ हजार ८ सय र चाँदी १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९२ हजार ७ सय र त्यति नै परिमाणको चाँदीको ४ हजार ८१० कायम भएको छ । बुधबार एक तोला सुन २ लाख ९४ हजार ५ सय र एक तोला चाँदी ४ हजार ९१५ मा कारोबार भएको थियो ।
