नेप्से परिसूचक २६.१६ अंकले घट्यो

आज नेप्से सूचक ०.९३ प्रतिशतले घट्दा २१३ कम्पनीको मूल्य घट्यो, ४२ कम्पनीको मात्र मूल्यवृद्धि भएको छ भने १४ कम्पनी स्थिर रहे।

वैशाख १५, २०८३

कान्तिपुर संवाददाता

NEPSE index fell by 26.16 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २६.१६ अंकले घटेको छ । शून्य दशमलव ९३ प्रतिशत गिरावट आई २ हजार ७७० दशमलव २६ विन्दुमा ओर्लिएको छ । 

कारोबारमा आएका मध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्यो भने २१३ कम्पनीको मूल्य घट्यो, १४ कम्पनीको मूल्य स्थिर रह्‌यो । 

अन्य उपसमूहबाहेक सबै उपसमूहहरू घट्यो । अन्य उपसमूह १४.५३ अंकले बढ्यो । उत्पादन तथा प्रशोधन २९२.९४, होटल तथा पर्यटनको २११.२१, विकास बैंकको ७४.२७ अंकले घट्यो । 

कुल  १ लाख ५१ हजार ३५४ पटकको सेयर किनबेचमा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती किनबेचमा १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच भए । 

हिमालयन बैंक लिमिटेड बन्ड २०८६ को मूल्य ६ प्रतिशत, साइन रेसुंगा डिबेञ्चरको ३.४०,  सानिमा डिबेञ्चर २०८९ को ३.१७, आरबीबी म्यूचअल फन्ड-१ को ३.०२ र आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८ को सेयर मूल्य ३ प्रतिशतले बढेको छ । 

कर्पोरेट विकास बैंकको १४.९९, रिड्ज लाइन इनर्जी लिमिटेडको १०.२७, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ९.९४, सिटी होटल लिमिटेडको ९.२५ र भुजुङ हाइड्रोपावरको ८.५६ प्रतिशतले सेयर मूल्य घट्यो ।

कान्तिपुर

Link copied successfully