अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण

प्रतिव्यक्ति आय १५ सय ३५ अमेरिकी डलर

वैशाख १५, २०८३

कान्तिपुर संवाददाता

National Statistics Office projects economy size to reach 6.6 trillion

काठमाडौँ — यस वर्ष अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन(जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार जारी गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ खर्बले विस्तार हुने अनुमान गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको आकार ६१ खर्ब ९९ अर्ब रहने संशोधित अनुमान र आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको कार्यालयले जनाएको छ ।

यस्तै, चालु आिर्थक वर्ष नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा यस्तो प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर हुने संशोधित अनुमान छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ८० अमेरिकी डलर कायम भएको छ ।

यस वर्ष डलरको सटही दरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१/८२ मा र आर्थिक वर्ष २०८२/८३ मा बराबर रहन गएको कार्यालयले जनाको छ ।

कान्तिपुर

Link copied successfully