आज नेप्से परिसूचक ७ दशमलव ७३ अंकले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ ।
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ७ दशमलब ७३ अंकले बढेर दुई हजार ७९६ दशमलब ४३ को विन्दुमा कायम भएको छ ।
आज ३५१ कम्पनीको एक करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा ४अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा जलविद्युत समूह शून्य दशमलब १९, लगानी शून्य दशमलब २८, म्युचुअल फन्ड शून्य दशमलब ०७, व्यापार एक दशमलब ३९ र अन्य समूह शून्य दशमलब ४४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
बैंकिङ शून्य दशमलब ६८, विकास बैंक एक दशमलब १४, वित्त शून्य दशमलब ४४, होटल तथा पर्यटन शून्य दशमलब ९७, जीवन बिमा शून्य दशमलब १३, उत्पादन तथा प्रशोधन एक दशमलब ५२, लघुवित्त शून्य दशमलब २९ र निर्जीवन बिमा शून्य दशमलब १५ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने निफ्रा ग्रिन इनर्जी डिबेन्चरको शेयर मूल्य १४ दशमलव ०१ प्रतिशतले घटेको छ ।
