आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २ सयले कारोबार भइरहेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला २ हजार ७ सय र चाँदी ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९९५ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको २ लाख ९६ हजार ५ सय र चाँदीको ४ हजार ९४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
