२८ सयमुनि झर्‍यो नेप्से, १७ अंकको गिरावट   

बिहीबार कारोबारमा आएकामध्ये ४६ कम्पनीको मूल्य बढ्यो, २१६ कम्पनीको मूल्य घट्यो र ७ वटाको स्थिर रह्यो ।

वैशाख १०, २०८३

कान्तिपुर संवाददाता

NEPSE falls below 2,800, down 17 points

काठमाडौँ —  सेयर कारोबार मापक नेप्से परिसूचकमा बिहीबार १९.०१ अंकले घटेको छ । गत बुधबारको तुलनामा ०.६० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७ सय ८७.१५ अंकमा ओर्लेको छ ।

बिहीबार कारोबारमा आएकामध्ये ४६ कम्पनीको मूल्य बढ्यो, २१६ कम्पनीको मूल्य घट्यो र ७ वटाको स्थिर रह्यो ।

सो दिन कुल ९३ हजार ९ सय ७ पटकको सेयर किनबेचमा १ करोड १३ लाख ७५  हजार ६ सय ९९ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँबराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम घटेको हो । बुधबार ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र व्यापारबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

कान्तिपुर

Link copied successfully