सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।
What you should know
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५.३६ अंकले बढेको छ । शून्य दशमलव १८ प्रतिशतले वृद्धि भएपछि समग्र नेप्से परिसूचक २ हजार ८ सय ३८ दशमलव ४० विन्दुमा उक्लिएको छ ।
कारोबारमा आएकामध्ये १०८ कम्पनीको मूल्य बढ्यो, १५० कम्पनीको मूल्य घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो । होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहबाहेक सबै उपसमूहरु घटे ।
कुल ९६ हजार ५ सय ७३ पटकको सेयर किनबेचमा ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ती किनबेचमा १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर किनबेच भए ।
कारोबार रकमका आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, रिदि पावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर कम्पनी अघि रहे ।
नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको ६६ करोड ८६ लाख, सोलु हाइड्रोपावर लिमिटेडको ३७ करोड २६ लाख, रिदि पावर कम्पनी लिमिटेडको ३४ करोड २ लाख, रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड ९५ लाख र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । रिड्ज लाइन इनर्जी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो ।
एसिएन हाइड्रोपावरको ४.५४, सुपर खुदी हाइड्रोपावरकफ ४.४०, इमर्जिङ नेपालको ३.५९, नारायणी विकास बैंकको ३.३७ र एचएलआई लार्ज क्याप फन्डको ३ दशमलव ०९ प्रतिशतले मूल्य घट्यो ।
