बिहीबार कारोबारमा आएकामध्ये ३१ कम्पनीको मूल्य बढ्यो, २३६ कम्पनीको मूल्य घट्यो र ३ वटाको स्थिर रह्यो ।
काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचकमा बिहीबार ३३.८३ अंकले घटेको छ । गत बुधबारको तुलनामा १.१८ प्रतिशतले घटेर समग्र नेप्से २८ ३३.०३ अंकमा ओर्लेको छ । बुधबार नेप्से सवा ३३ अंकले बढेको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ३१ कम्पनीको मूल्य बढ्यो र २३६ कम्पनीको मूल्य घट्यो र ३ वटाको स्थिर रह्यो ।
आज कुल एक लाख ११ हजार ६ सय ७ पटकको सेयर किनबेचमा २ करोड ७ लाख ४३ हजार ८ सय ८४ कित्ता सेयर खरिदबिक्री भए । किनबेचमा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम घटेको हो । गत बुधबार १० अर्ब ५३ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
