सुन प्रतितोला १ सय र चाँदी ३० रुपैयाँले बढेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला १ सय र चाँदी ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय र त्यति नै परिमाणको चाँदीको ५ हजार २५० कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७ सय र चाँदी ५ हजार २२० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
