सुनवलमा बर्ड फ्लु पुष्टि , दुई सय कुखुरा नष्ट

कुखुरा झोक्राउने र मर्न थालेपछि परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख दीपक भुसालले बताए ।

वैशाख १, २०८३

नवीन पौडेल

Bird flu confirmed in Sunwal, 200 chickens destroyed

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ को एक फर्ममा बर्ड फ्लु फैलिएको पुष्टि भएको छ । सूर्यबस्तीस्थित एक किसान फर्ममा  पालिएका कुखुरामा बर्ड फ्लु  देखिएको हो । 

कुखुरा झोक्राउने र मर्न थालेपछि परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख दीपक भुसालले बताए । 

एक हप्ताअगाडि गरिएको परीक्षणमा  र्‍यापिड परीक्षण गर्दा  बर्ड फ्लु देखिएको र थप परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग प्रयोगशाला काठमाडौंमा पठाइएकामा मंगलबार बर्ड फ्लु पुष्टि भएको हो ।

बर्ड फ्लु देखिएको फर्म र आसपासका २ सय बढी कुखुरा नष्ट गरिएको छ । जिल्लामा खुला सिमानाका कारण भारतबाट अवैध रूपमा कुखुरा भित्रिँदा फ्लु फैलिने जोखिम बढ्दो छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully