चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।
काठमाडौँ — आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलामा ४ सयले घटेर आज २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९७ हजार १ सय थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको ४ हजार ९ सयमा किनबेच भइरहेको छ । आइतबार ४ हजार ९७५ रुपैयाँ थियो ।
