सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आज एक तोला सुनको मूल्य २ लाख ९७ हजार १ सय तोकिएको छ ।

चैत्र २९, २०८२

इकान्तिपुर डेस्क

Moderate increase in gold and silver prices

काठमाडौँ — आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९७ हजार १ सय तोकिएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय थियो । 

यस्तै, चाँदी आज तोलाको ४ हजार ९७५ मा किनबेच भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य ४ हजार ९६० रहेको थियो ।

इकान्तिपुर

Link copied successfully