नेप्से परिसूचक ४८ अंकले बढ्यो

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

चैत्र २६, २०८२

रासस

NEPSE index rises by 48 points

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले बढेर २ हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो १ दशमलव ७३ प्रतिशतको वृद्धि हो ।

आज ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर १ लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा ९अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

रासस

Link copied successfully