२.६१ अंकले घट्यो नेप्से

मंःगलबार बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्य उपसमूहको मात्र सेयर मूल्य बढेको छ

चैत्र २४, २०८२

सीमा तामाङ

NEPSE fell by 2.61 points

काठमाडौँ — मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २.६१ अंकले घटेको छ । नेप्से आइतबार १०५ अं‌कले घटेको थियो । त्यस्तै सोमबार ८३.३३ अंकले बढ्यो भने मंगलबार शून्य दशमलव शून्य ९ प्रतिशतले घटयो । 

कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्‍यो । मंगलबार बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्य उपसमूह मात्रै बढ्यो । बाँकी उपसमूह भने घटे । 

भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र श्वेतगंगा  हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully