जोखिमभार घटाउँदा बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह गर्ने क्षमता बढ्छ ।
काठमाडौं — साना तथा मझौला उद्योग,व्यवसाय (एसएमई) कर्जाको जोखिम भार घटाइएको छ । नयाँ व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले परिपत्र जारी जारी गरेको छ । यसअघि यस्तो भार ७५ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले कृषि, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जामा पनि ६० प्रतिशत जोखिम भार कायम गरिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने आयोजनाको बिमा भने अनिवार्य रुपमा गर्नुपर्ने निर्देशन छ ।
जोखिमभार घटाउँदा बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह गर्ने क्षमता बढ्छ । सरकारले १०० बुँदे कार्यसूचीमा कृषि, साना तथा मझौला उद्यमी र सूचना प्रविधि क्षेत्रमा जोखिम भार घटाउने उल्लेख थियो । सोही निर्णयका आधारमा राष्ट्र बैंकले यी तीन क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाएको हो ।
‘साना तथा मझौला उदोग (एसएमई), कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋणप्रवाहमा हाल रहेको जोखिमभार घटाई उपयुक्त तहमा झार्ने व्यवस्था नेपाल राष्ट्र बैंकले ३० दिनभित्र मिलाउने,’ कार्यसूचीमा उल्लेख छ ।
