सबैभन्दा बढी जीवन बिमा ३३०.६३, निर्जीवन बिमा ३१७.२१, होटल तथा पर्यटन २३३.९४, विकास बैंक २०८.३७ अंकले बढेको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८३.३३ अंकले वृद्धि भएको छ । आइतबार १०५ अंकले घटेको नेप्से सोमबार ३.११ प्रतिशतले बढेको हो ।
कुल २६४ कम्पनीको सेयर मूल्य बढ्यो, ३ कम्पनीको मूल्य घट्यो भने १ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारमा आएका सबै उपसमूहरू बढ्यो । सबैभन्दा बढी जीवन बिमा ३३०.६३, निर्जीवन बिमा ३१७.२१, होटल तथा पर्यटन २३३.९४, विकास बैंक २०८.३७ अंकले बढेको छ ।
उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । सुपर खुदी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढ्यो ।
लक्ष्मी बैंक डिवेञ्चरको ३.१०, सेञ्चुरी डिबेञ्चरको १.९४, लक्ष्मि भ्यालु फन्ड २ को १.८४, रिलायन्स स्पिनिङ मिल्सको १.६० र आईसीएफसी लिमिटेड डिबेञ्चरको १.५८ प्रतिशतले सेयर मूल्य घट्यो ।
