भृकुटी स्टक ब्रोकिङ कम्पनी निलम्बनमा, बोर्डले सोध्यो स्पष्टीकरण

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर किनिदिएको लगायत आरोपमा बोर्डले उक्त कम्पनीलाई निलम्बन गरेको हो ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Bhrikuti Stock Broking Company suspended, board seeks clarification

काठमाडौँ — नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५५, भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर किनिदिएको, नियामक निकायको निर्देशन पालना नगरको, विद्यमान कानुन विपरीत काम गरेको लगायत आरोपमा बोर्डले उक्त कम्पनीलाई निलम्बन गरेको हो ।

कम्पनी निलम्बनसँगै बोर्डले उक्त कम्पनीलाई स्पष्टीकरण पनि सोधेको स्रोतले बताएको छ ।

कान्तिपुर

Link copied successfully