घटेको बजारमा पनि धेरै कमाउने यी हुन् ५ कम्पनी

४ कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेर सर्किट ब्रेकर लागेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य पनि बढेको छ ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

These are the 5 companies that are making the most money even in a declining market

काठमाडौँ — आइतबार सेयर बजार उच्च अंकले घट्दा पनि सेयर बजारमा ७ कम्पनीहरुले राम्रो नाफा कमाएका छन् । तीमध्ये चार कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेर सर्किट ब्रेकर लागेको छ । बाँकी तीन कम्पनीको सेयर मूल्य पनि बढेको छ ।

आइतबार कमाउने कम्पनीहरु

– रिलायन्स स्पिनिङ मिल्स – १० प्रतिशत

– भुजुङ हाइड्रोपावर – १० प्रतिशत

– रिज लाइन इनर्जी – १० प्रतिशत

– होटेल फरेष्ट इन– १० प्रतिशत

– सुपर खुदी हहाइड्रोपावर – ९.९९ प्रतिशत

आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्तिममा १०५.५० अंक घटेको छ । अघिल्लो दिनको तुलनामा ३.७९० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ७६.६८ अंकमा ओर्लेको छ ।

कारोबारमा आएकामध्ये ७ कम्पनीको मूल्य बढ्यो भने २६१ कम्पनीको घटेको छ । आइतबार कुल १ लाख ४१ हजार ३६ पटकको सेयर किनबेचमा ३ करोड १२ लाख ६ हजार १ सय ६२ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully