सुनचाँदीको मूल्य स्थिर

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार निर्धारण भएको छ ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Gold and silver prices stable

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा ५० रुपैयाँले बढेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८३० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८३० कायम भएको थियो । 

कान्तिपुर

Link copied successfully