महासंघको महाधिवेशनबाट ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघको २६औं साधरणसभा तथा १३औं महाधिवेशनबाट अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा उनी ५ सय १४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी आङ दोर्जी लामा (एडी) ले ४ सय १४ मत पाए ।
महाधिवेशनबाट ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश), उपाध्यक्ष (एसोसिएट) मा ईएनसी शेर्पा, कोशी प्रदेश उपाध्यक्षमा धीरेन्द्रकुमार दाहाल, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर सेठी र महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् ।
