सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार कायम भएको छ ।

चैत्र २०, २०८२

रासस

Gold price stable, silver rises

काठमाडौँ — स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको बढेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८३० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार कायम भएको थियो । बुधबार प्रतितोला २ लाख ९७ हजार ६ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको थियो । 

रासस

Link copied successfully