अमेरिकी डलरको मूल्य स्थिर,  युरोको व्यापक वृद्धि

आज अमेरिकी डलरको मूल्य स्थिर देखिएको छ भने युरोपियन युरोको मूल्यमा व्यापक वृद्धि भएको छ।

चैत्र १९, २०८२

रासस

US dollar stable, euro gains broadly

What you should know

काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर देखिएको छ भने  युरोपियन युरोको मूल्यमा व्यापक वृद्धि भएको छ। 

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ । बुधबार पनि यही दरमा कारोबार भएको थियो। 

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा तय भएको छ। बुधबार युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा थियो। 

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ आठ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ तीन पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५४  पैसा र बिक्रीदर ४१ रुपैयाँ ७०  पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १३ पैसा र बिक्रीदर १६ रुपैयाँ १९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

रासस

Link copied successfully