फागुनमा मात्रै भित्रियो १ खर्ब ८८ अर्ब रेमिट्यान्स

साउन–फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

188 billion remittances entered in Falgun alone

काठमाडौँ — चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार २०८१ फागुनमा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकका अनुसार साउन–फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अविधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो । 

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । फागुनसम्म १० अर्ब १५ करोड पुगेको हो ।

कान्तिपुर

Link copied successfully