तोलामा ३ हजार ६ सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज चाँदीकोे मूल्य पनि घटेको छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Gold price drops by 3,600 rupees per tola

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा ३ हजार ६ सय र चाँदी १६५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४  हजार ७८० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको २ लाख ९७ हजार ६ सय र त्यति नै परिमाणको सेतो धातुको ४  हजार ९४५ कायम भएको थियो । 

कान्तिपुर

Link copied successfully