विदेशी विनिमय सञ्चिति सवा ३४ खर्ब रुपैयाँ, २१.४ महिनाको आयात धान्ने

फागुनसम्म विदेशी विनिमय सञ्चिति २३ अर्ब ८ करोड अमेरिकी डलर पुगेको छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Foreign exchange reserves are 3.4 trillion rupees, covering 21.4 months of imports

काठमाडौँ — चालु आर्थिक वर्षको फागुनसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको फागुनसम्म विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २३ अर्ब ८ करोड  पुगेको छ । फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भएको हो ।अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असारसम्म १९ अर्ब ५० करोड  थियो । 

बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ  । १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने उल्लेख छ । आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्मको आयातलाई आधार मानेर निकालिएको हो । 

कान्तिपुर

Link copied successfully