रेमिट्यान्स कम्पनीलाई पुँजी पुर्‍याउन थप दुई वर्ष म्याद

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधन)मार्फत यस्तो व्यवस्था गरेको हो ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Remittance companies given two more years to raise capital

काठमाडौँ — तोकिएको न्यूनतम पुँजी पुर्‍याउन रेमिट्यान्स कम्पनीहरुले थप दुई वर्ष म्याद पाएका छन् । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधन)मार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि २०८५ सम्म न्यूनतम १० करोड रुपैयाँ पुँजी पुर्‍याउन रेमिट्यान्स कम्पनीहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो । सोही म्याद थप दुई वर्षका लागि बढाइएको हो । अब रेमिट्यान्स कम्पनीहरुले २०८७ सम्म न्यूनतम १० करोड पुँजी पुर्‍याए पुग्नेछ ।   

यसअघिको निर्देशनमा राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई २०८१ असार मसान्तभित्र न्यूनतम ३ करोड, २०८२ असार मसान्तभित्र ४ करोड, २०८३ असार मसान्तभित्र ६ करोड, २०८४ असार मसान्तभित्र ८ करोड र २०८५ असार मसान्तभित्र १० करोड चुक्ता पु्ँजी पुर्‍याउनु भनेको थियो । म्याद थप गर्दा कुन वर्ष कति पुँजी पुर्‍याउने तोकिएको छैन । सिधै २०८७ सम्म १० करोड पुँजी पुर्‍याउन भनिएको छ ।

कान्तिपुर

Link copied successfully