रद्द गरिएका उडानका यात्रुलाई पूर्ण रकम फिर्ता गर्ने नेपाल वायुसेवा निगमको घोषणा

निगमको बुधबार बिहान जारी सूचना अनुसार रद्द गरिएका उडानका सबै यात्रुहरू पूर्ण रिफन्डका लागि योग्य हुने भनेको छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Nepal Airlines Corporation announces full refund to passengers of canceled flights

काठमाडौँ — नेपाल वायुसेवा निगमले सर्कुलर जारी गर्दै दोहा, दुबई र दमामका उडानहरू हालको परिस्थितिका कारण रद्द भएपछि प्रभावित सबै यात्रुलाई टिकटको पूर्ण रकम फिर्ता गरिने जनाएको छ।

निगमको बुधबार बिहान जारी सूचना अनुसार रद्द गरिएका उडानका सबै यात्रुहरू पूर्ण रिफन्डका लागि योग्य हुने भनेको छ ।

प्रभावित यात्रुहरूलाई आफूले टिकट खरिद गरेको नेपाल वायुसेवा निगमको कार्यालय वा सम्बन्धित टिकटिङ एजेन्सीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैगरी, सबै टिकटिङ एजेन्सी तथा अनलाइन पोर्टलहरूलाई पनि यात्रुहरूलाई टिकटको पूर्ण रकम फिर्ता प्राप्त गर्न सहजीकरण गर्न निर्देशन दिइएको छ ।

कान्तिपुर

Link copied successfully