अलपत्र आयोजना पुनरावलोकन गर्न ८ सदस्यीय समिति गठन

समितिलाई ३० दिनभित्र आयोजनाहरूको समस्या पहिचान गरी समाधानका ठोस सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

8-member committee formed to review stalled projects

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अलपत्र परेका तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरावलोकनका लागि समिति गठन गरेका छन् । 

मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव डा. महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय अध्ययन समिति गठन गरेका हुन् । 

उक्त समितिलाई ३० दिनभित्र आयोजनाहरूको औचित्य, बजेट व्यवस्थापन, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्यांकनलगायतका विषयमा देखिएका समस्या पहिचान गरी समाधानका ठोस सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

कान्तिपुर

Link copied successfully