काठमाडौं–दिल्ली–काठमाडौं रुटमा अब सातामा निगमको १० वटा उडान सञ्चालन हुने भएको छ
काठमाडौँ — काठमाडौं- नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-काठमाडौं हवाई सेवामा थप विस्तार गरेको जनाएको छ । यात्रुको बढ्दो चाप र उडानको मागलाई ध्यानमा राख्दै निगमले नयाँ उडान थप गरेको जनाएको छ ।
हालसम्म आरए २१७/२१८ मार्फत दैनिक एउटा उडान सञ्चालन गर्दै आएको निगमले अब मिति २०८२ चैत्र १७ गतेदेखि आरए २०५/२०६ नम्बरको उडान थप गर्दै हप्तामा तीन दिन अतिरिक्त सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।
यस नयाँ व्यवस्थासँगै काठमाडौं–दिल्ली–काठमाडौं रुटमा अब सातामा कुल १० वटा उडान सञ्चालन हुने भएको छ । निगमका अनुसार यस कदमले यात्रुहरुलाई थप सुविधा पुग्ने र अन्तर्राष्ट्रिय उडान सेवा सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिइएको छ ।
