सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुन तोलामा ६ हजार ७ सय रुपैयाँ  र चाँदी १ सय ४५ रुपैयाँले बढेको हो । 

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Gold and silver prices increased today as well

काठमाडौँ — नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ हजार ७ सय रुपैयाँ  र चाँदी १ सय ४५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८ सय ४५ कायम भएको छ । 

सोमबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८३ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

गत आइतबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७ सय २० रुपैयाँ कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५ सय ६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully