कारोबारमा आएकामध्ये २६ कम्पनीको सेयर मूल्य बढ्यो, २३७ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४७.७२ अंकले घटेको छ । एक दशमलव ६५ प्रतिशतले घटेर नेप्से २ हजार ८ सय ३१ दशमलव ३९ विन्दुमा ओर्लिएको छ ।
कारोबारमा आएकामध्ये २६ कम्पनीको सेयर मूल्य बढ्यो, २३७ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।साताको दोस्रो दिन कारोबारमा आएका सबै उपसमूह घटे । सबैभन्दा बढी २११.५७, जीवन बिमा १८६.२७, व्यापार १०३.८६ अंकले घट्यो ।
कुल १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा ३ करोड १६ लाख ६ हजार ७ सय १७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम घट्यो । आइतबार १५ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिड्ज लाइन इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो । कारोबारमा आएका सोलु हाइड्रोपावरको ७.७९, युनिक नेपाल लघुवितको ७.२३ प्रतिशतले सेयर मूल्य घट्यो ।
