अर्थमन्त्री वाग्लेले गरे भन्सार विभाग अनुगमन, राजस्व बढाउन निर्देशन

राजस्व संकलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै अर्थमन्त्री वाग्लेले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको जानकारी दिए ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Finance Minister Wagle monitors Customs Department, directs to increase revenue

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार भन्सार विभाग पुगेर अनुगमन तथा ब्रिफिङ लिएका छन् । अर्थमन्त्री वाग्लेले विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए । राजश्व संकलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि उनले बताए ।

राजस्व संकलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै अर्थमन्त्री वाग्लेले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको जानकारी दिए । सो क्रममा अर्थमन्त्रीले विभागमा रहेको भन्सार ल्याबको पनि अनुगमन गरेका थिए ।

कान्तिपुर

Link copied successfully