ट्रेजरी बिलमार्फत आज सरकारले ५ अर्ब आन्तरिक ऋण उठाउँदै

ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Government raising Rs 5 billion domestic loan today through Treasury Bill

काठमाडौँ — ट्रेजरी बिलमार्फत सरकारले आज (आइतबार) ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गरेर १८२ दिने ट्रेजरी बिलमार्फत उल्लिखित रकम उठाउन लागेको जनाएको हो ।

ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।

पछिल्लो पटकको बोलकबोलमा ९१ दिने ट्रेजरी बिलमा २.६२ प्रतिशत र ३६४ दिनेमा १.७१ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६९ प्रतिशत र सबैभन्दा कम ०.६७ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

कान्तिपुर

Link copied successfully