सहकारीका साना बचतकर्ताले सय दिनभित्र रकम फिर्ता पाउने 

सरकारको कार्यसूचीको ९९ नम्बर बुदाँमा यस्तो उल्लेख छ । देशभरका संकटग्रस्त सहकारीहरुमा ठूलो संख्यामा साना बचतकर्तासहिको रकम फसेको छ ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Small savers of cooperatives will get their money back within 100 days

काठमाडौँ — सरकारले १०० दिनभित्रै सहकारीका साना बचतकर्ताहरुको रकम फिर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । 

सरकारले सय कार्यसूची सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । सरकारको कार्यसूचीको ९९ नम्बर बुदाँमा यस्तो उल्लेख छ । देशभरका संकटग्रस्त सहकारीहरुमा ठूलो संख्यामा साना बचतकर्तासहिको रकम फसेको छ । 

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को चैत १३ गते बसेको बैठकले स्वीकृत गरेको कार्यसूचीमा साना बचतकर्ताहरुलाई रकम फिर्ता दिने कुरा प्राथमिकता दिएर राखिएको हो । रास्वपाले आफ्नो घोषणापत्रमा पनि साना बचतकर्ताको रकम उपलब्ध गराउने वाचा गरेको थियो ।

कान्तिपुर

Link copied successfully