बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, जीवन बिमा र व्यापारको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १४.२१ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ९ सय ५० दशमलव १६ विन्दुमा उक्लिएको छ ।
कारोबारमा आएका मध्ये १७८ कम्पनीको सेयर मूल्य बढ्यो, ८० कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रहृयो ।
आज कुल १ लाख ४२ हजार ७ सय ३४ पटकको कारोबारमा ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर किनबेच भएका छन् । किनबेचमा १३ अर्ब १६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बुधबार १५ अर्ब ९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, जीवन बिमा र व्यापारको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो ।