१४ हजार ६०० रुपैयाँले बढ्यो सुन

सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ रुपैयाँले बढेको छ ।

चैत्र ११, २०८२

रासस

Gold price increases by Rs 14,600

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ । 

हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको थियो । 

गत सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully