महासंघ केन्द्रीय सदस्यमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालको उम्मेदवारी

अर्थतन्त्रको मेरुदण्डका रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएको ढकालले बताए ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Stock Brokers Association President Dhakal's candidacy for Federation central member

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फबाट सागर ढकालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय गरेको हो ।

पुँजी बजारमा साढे ७५ लाख लगानीकर्ता आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्यले स्टक बस ब्रोकर एसोसिएसको तर्फबाट आफूले उम्मेदवारी दिएको अध्यक्ष ढकालले जानकारी दिए । 'पुँजीबजारको मार्केट क्याप ५० खर्ब हाराहारी छ,’ उनले भने, ‘यसलाई नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ । समग्र लगानीकर्ता र नेपालको पुाजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासंघको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।’

करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध ढकाल जलविद्युत्, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा पनि आबद्ध छन् । आफू महासंघको केन्द्रीय कार्यसमितिमा गएर नेपालका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग नीतिगत लबिङमा लाग्ने समेत उनले बताए ।

जेन-जी आन्दोलनपछि दुई तिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब बन्ने सरकारलाई व्यवसायीका समस्या समाधान गरी माग सम्बोधन गराउनका लागि पनि उम्मेदवारी दिएको ढकालको भनाइ छ ।

कान्तिपुर

Link copied successfully