नेप्सेका अनुसार आइतबार २ लाख ४ हजार ९ सय ५५ पटकको कारोबारमा ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर किनबेच भए ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार १ दशमलव ८९ प्रतिशतको वृद्धिपछि २ हजार ९ सय ३१ दशमलव ५५ विन्दुमा उक्लिएको हो ।
आज काराेबार भएका व्यापार उपसमूहबाहेक सबै उपसमूह बढेको छ । व्यापार उपसमूह ४.३१ अंकले घट्यो भने निर्जीवन बिमा ३१८.५९, जीवन बिमा २७३.०७, होटल तथा पर्यट २३०.८१ अंकले बढेको छ ।
कारोबारमा आएकामध्ये १८३ कम्पनीको सेयर मूल्य बढ्यो, ७३ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
नेप्सेका अनुसार २ लाख ४ हजार ९ सय ५५ पटकको कारोबारमा ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
