८ महिनामा १२ खर्ब ८९ अर्बको वस्तु आयात, निर्यात १ खर्ब ९१ अर्ब मात्र

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९१ प्रतिशत छ भने आयातको हिस्सा ८७.०९ प्रतिशत छ ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Goods imported worth Rs 1.289 trillion in 8 months, exports only Rs 1.91 trillion

काठमाडौँ — चालु आर्थिक वर्षको साउन-फागुनसम्म १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १२.५४ र निर्यात २०.८३ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको साउन-फागुनसम्म  ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात भएको थियो भने १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । 

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९१ प्रतिशत छ भने आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको विभागले जनाएको छ । 

कान्तिपुर

Link copied successfully