तोलामै साढे १२ हजार रुपैयाँले घट्यो सुनको भाउ

आज छापावाल सुनको मूल्य घटेर प्रतितोला २ लाख ८२ हजार कायम भएको छ ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Gold price drops by Rs 12,500 per tola

काठमाडौँ — आज छापावाल सुनको मूल्य घटेर प्रतितोला २ लाख ८२ हजार कायम भएको छ । शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५ सय कायम सुन आज तोलामै १२ हजार ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५४० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि घटेको हो । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रहेको थियो ।

कान्तिपुर

Link copied successfully