स्थानीय बजारमा सुनचाँदीकोे भाउ निरन्तर ओरालो लागिरहेको छ ।
काठमाडौँ — स्थानीय बजारमा सुनचाँदीकोे भाउ निरन्तर ओरालो लागेको छ । आज सुन तोलामा ७ हजार ८ सय र चाँदी ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८९५ कायम भएको छ ।
बिहीबार एक तोला सुन ३ लाख २ हजार ३ सय र चाँदीको मूल्य ५ हजार १० कायम भएको थियो ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० कायम भएको थियो ।
